काठमाडौँ- प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।
दोश्रो बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्ने महत्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए।
तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
प्रकाशित: १८ जेठ २०८३ १७:०६ | Monday, June 1, 2026
प्रतिक्रिया




