प्रधानमन्त्रीको अभिव्यक्तिबारे साझा धारणा बनाउन छलफलमा जुट्दै विपक्षी दल

हिमाल प्रेस १८ जेठ २०८३ ११:१८ | Monday, June 1, 2026
12
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिबारे साझा धारणा बनाउन छलफलमा जुट्दै विपक्षी दल फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू छलफलमा जुट्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न विपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्। आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअघि विपक्षीहरूले छलफल गर्न लागेका हुन्।

छलफल कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ। प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट दिएको अभिव्यक्तिका सन्दर्भमा विपक्षी दलहरूले छलफल गरी सामूहिक धारणा बनाउन लागेका हुन्। प्रधानमन्त्री शाहले सीमाबारे दिएको एक अभिव्यक्तिको आलोचना भइरहेको छ।

प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। विपक्षी दलहरूको बैठकमा कांग्रेसले एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई बोलाएको छ।

प्रकाशित: १८ जेठ २०८३ ११:१८ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast