एमालेले भन्यो – बजेट गैरजिम्मेवार

हिमाल प्रेस १६ जेठ २०८३ २०:०९ | Saturday, May 30, 2026
14
SHARES
एमालेले भन्यो – बजेट गैरजिम्मेवार

काठमाडौँ– नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।

दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।

उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारकाले पर्याप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे।

बैठकले दुईवटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भावसहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए।

बैठकले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनमा पार्टीको दृष्टिकोण आएपछि संसदीय दलले पनि त्यही अनुसार धारणा बनाउने निर्णय गरेको महरले बताए।

प्रकाशित: १६ जेठ २०८३ २०:०९ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast