सुनचाँदी बजार पुनः उकालो, सुन २ लाख ९० हजार ६०० रुपैयाँ पुग्यो

हिमाल प्रेस १५ जेठ २०८३ १२:२४ | Friday, May 29, 2026
8
SHARES
सुनचाँदी बजार पुनः उकालो, सुन २ लाख ९० हजार ६०० रुपैयाँ पुग्यो

काठमाडौँ- बजारमा एक दिनअघि सुनचाँदीको मूल्य घटेपछि आज त्यो फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको थियो। तर शुक्रबार फेरि बढेसँगै सुनको मूल्य लगभग बुधबारकै स्तरमा पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो त लगभग एउटै हो।

त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको थियो। बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।

अब हेरौँ त सुनको मूल्य बिहीबारको तुलनामा ५ हजार ६०० रुपैयाँले बढे पनि बुधबारको भन्दा १०० रुपैयाँ मात्र बढी रहेको छ। चाँदीको मूल्य भने बिहीबारको तुलनामा बढे पनि बुधबारको भन्दा अझै ४० रुपैयाँ कम रहेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य परिवर्तन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५०० अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन बिहीबारको ४ हजार ५२० अमेरिकी डलरको तुलनामा २० डलरले कम हो। चाँदीको मूल्य दुवै दिन ७७ अमेरिकी डलर प्रतिऔँसकै हाराहारीमा कारोबार भएको छ।

प्रकाशित: १५ जेठ २०८३ १२:२४ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast