काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्।
सभापति गगनकुमार थापाले शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्थाबमोजिम शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरिएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
स्थापनाकालदेखि रास्वपामा आवद्ध बारा जिल्लाकी शर्मा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि असन्तुष्ट बनेकी थिइन्। टिकट वितरणमा विभेद भएको भन्दै असन्तुष्ट बनेकी उनी कांग्रेस उम्मेदवारको प्रचारप्रसार जुटेकी थिइन्।
शर्मा सर्लाही निर्वाचन क्षेत्र ४ पुगेर कांग्रेस सभापति थापाको चुनाव अभियानमा समेत खटेकी थिइन्।




