सप्तकोशीमा सशस्त्रले बरामद गर्‍यो ४७५ गाँजा

हिमाल प्रेस १२ जेठ २०८३ ७:२६ | Tuesday, May 26, 2026
8
SHARES
सप्तकोशीमा सशस्त्रले बरामद गर्‍यो ४७५ गाँजा

काठमाडौँ- सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी निको बिच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा सोमबार बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

निको बीच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी सो गाँजा नदी वारी ल्याएको थियो। बरामद गाँजा आवश्यक कारबाईको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए ।

 

प्रकाशित: १२ जेठ २०८३ ७:२६ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast