काभा महिला भलिबल च्याम्पियनसिप : माल्दिभ्समाथिको सानदार जितले नेपाल सेमिफाइनलमा

हिमाल प्रेस ११ जेठ २०८३ ८:०२ | Monday, May 25, 2026
8
SHARES
काभा महिला भलिबल च्याम्पियनसिप : माल्दिभ्समाथिको सानदार जितले नेपाल सेमिफाइनलमा

काठमाडौँ- नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो।

समूह ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो । भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात गरेको थियो । चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो।

समूह विजेताको टुंगो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ। यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ। भारतलाई सोझो सेटमा हराएमा किर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ ।

तीन खेलबाट नेपाल सात अंकसहित शिर्ष स्थानमा छ । समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ । माल्दिभ्स अंकविहिन रहँदै समूह चरणबाट बाहिरिएको छ ।
यसअघि आज नै भएको खेलमा इरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ ले हरायो ।

प्रकाशित: ११ जेठ २०८३ ८:०२ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast