कति छ आज विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस ११ जेठ २०८३ ६:३१ | Monday, May 25, 2026
4
SHARES
कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर भने बढेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८७ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रकाशित: ११ जेठ २०८३ ६:३१ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast