काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो।
जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीवार मेडिकल व्यवसायी प्रसाईलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
प्रकाशित: ९ जेठ २०८३ ७:५१ | Saturday, May 23, 2026
प्रतिक्रिया




