काठमाडौँ- एयर फ्रान्स र एयरबसलाई सन् २००९ मा भएको विमान दुर्घटनाको दोषी ठहर गरिएको छ।
२२८ जनाको ज्यान गएको घटनामा एयर फ्रान्स र एयरबसलाई दोषी ठहर गरिएको हो। अदालतले उनीहरूलाई गैर–अभिप्रायपूर्ण हत्याको दोषी भनेको हो।
पेरिसको अदालतले एयरलाइन र विमान निर्माता कम्पनीलाई यस दुर्घटनाका लागि ‘एक्लै पूर्ण रूपमा’ जिम्मेवार ठहर गरेको छ।
ब्राजिलको रियो दि जिनिरियोबाट पेरिस जाँदै गरेको एएफ ४४७ विमान आन्ध्र महासागरमा खसेको थियो। एक्कासी आएको आँधीका कारण विमानको सन्तुलिन बिग्रिएको थियो।
दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो। विमानमा १२ चालक दलका सदस्य र २६१ यात्रु सवार थिए। यसलाई फ्रान्सको उड्डयन इतिहासकै सबैभन्दा ठूलो दुर्घटना मानिन्छ।
अप्रिल २०२३ मा एउटा अदालतले दुवै कम्पनीलाई आरोपबाट सफाइ दिएको थियो। तर, आठ हप्तासम्म चलेको सुनुवाइपछि उनीहरूलाई दोषी ठहर गरिएको हो।
दुवै कम्पनीले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै आएका छन्। उनीहरूले फैसलाविरूद्ध पुनरावेदन गर्ने बताएका छन्।




