नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिँदै एमाले

हिमाल प्रेस ८ जेठ २०८३ ९:०४ | Friday, May 22, 2026
10
SHARES
नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिँदै एमाले

काठमाडौँ- नेकपा एमालेका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

यही जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।

गत मंसिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।

यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

उपाध्यक्ष तथा उपमहासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

प्रकाशित: ८ जेठ २०८३ ९:०४ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast