सत्तापक्षीय सांसदहरू निरीह देखिए : पुन

हिमाल प्रेस ६ जेठ २०८३ १४:५५ | Wednesday, May 20, 2026
सत्तापक्षीय सांसदहरू निरीह देखिए : पुन

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका छन्।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन्।

सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरुमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए।

उनले ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रीत छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे। सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए।

पुनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे।

प्रकाशित: ६ जेठ २०८३ १४:५५ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast