काठमाडौँ- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले स्मार्ट घरेलु सामग्रीलाई विस्तार गरेको छ।
बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यानतर्फ एकैसाथ सातवटा नयाँ मोडेलहरू बजारमा सार्वजनिक गरेको हो।
नयाँ उत्पादन सार्वजनिक भएसँगै आफ्नो निर्विवाद नेतृत्वलाई थप मजबुत बनाएको सीजीले दाबी गरेको छ। उपभोक्ताको माग र आधुनिक प्रविधिलाई ध्यानामा राख्दै विभिन्न चार विधामा नयाँ फ्यानहरू सार्वजनिक भएको कम्पनीले जनाएको छ।
यस्ता छन् कम्पनीले ल्याएका नयाँ मोडलहरू :
१. सीजी स्ट्यान्ड फ्यान सिरिज (३ नयाँ मोडलहरू): उपभोक्ताको मागलाई ध्यानमा राख्दै सीजीले मजबुत निर्माण, निरन्तर चल्ने भरपर्दो मोटर र वाइड एंगल ओसिलेसन जस्ता साझा विशेषताहरूसहित ३ वटा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ:
- CGSF18: १२५० RPM गतिको यो मोडलमा १८” एल्युमिनियम ब्लेड र ३-स्पीड कन्ट्रोल रहेको छ।
- CGSF16HS02 (हाई-स्पीड): २१५० RPM को सुपर-फास्ट गतिको यस फ्यानमा १६” ABS ब्लेड, ४-स्पीड कन्ट्रोल र समय सेट गर्न मिल्ने टाइमर फङ्सन जडान गरिएको छ।
- CGSF16D05: २१५० RPM को उच्च गति, १६” एल्युमिनियम ब्लेड, ३-स्पीड कन्ट्रोल र टाइमर फङ्सन सहितको यो फ्यान गर्मीका लागि उत्कृष्ट विकल्प हो।
२. सीजी मेरिडिया वाल फ्यान (CGMRWF16HS01): प्रिमियम सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो मोडलले भित्तामा कम ठाउँ ओगटेर उत्कृष्ट कार्यक्षमता दिन्छ।
- क्षमता र डिजाइन: २१५० RPM को अत्यन्तै उच्च गति, १००% शुद्ध तामाको मोटर, एयरोडाइनामिक ३-लिफ ब्लेड र ३-स्पीड कन्ट्रोल।
३. सीजी ‘डेकोरेटिभ’ र ‘हाई-स्पीड’ सिलिङ फ्यान (२ नयाँ मोडलहरू):
- CGCF48HSDE (सेतो र निलो रङ): ४८” को फराकिलो स्विप, ४१० (±१०%) RPM को गति र २२०m³/Min को उत्कृष्ट हावा प्रवाह, कम भोल्टेजमा पनि उत्कृष्ट कार्यक्षमता दिने।
- CGCF36HS01 (हाई-स्पीड): ३६” को स्विप र ६०० (±१०%) RPM को उच्च गतिसहित २१०m³/Min को एयर डेलिभरी। १००% कपर मोटर र एयरोडाइनामिक ब्लेड।
४. सीजी टेबल फ्यान (CGTF9A): व्यक्तिगत प्रयोग र सानो स्पेसका लागि अत्यन्तै उपयोगी नयाँ कम्प्याक्ट मोडल।
- सुपर-फास्ट स्पिड: ९” एयरोडाइनामिक ब्लेडसहित २७५० RPM को बेजोड गति।
- कार्यक्षमता: आवश्यकता अनुसार गति मिलाउन मिल्ने भेरिएबल स्पीड कन्ट्रोल, मजबुत र भरपर्दो मोटरसहित अत्यधिक टिकाउ।




