हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

हिमाल प्रेस ५ जेठ २०८३ १४:०६ | Tuesday, May 19, 2026
18
SHARES
हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर उनी बाहिरिएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले बोल्न समय नदिएको भन्दै साम्पाङ प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन्।

सांसद साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए। तर, सभामुख अर्यालले सुरूमै समय नमागेके भन्दै बस्न आग्रह गरे। सभामुखले समय नदिएपछि सांसद साम्पाङ प्रनिधिसभा बैठक छोडेर हिँडेका छन्।

साम्पाङ बाहिरिए पनि श्रम संस्कृति पार्टीका अन्य सांसदहरू भने बैठकमा बसिरहेका छन्।

प्रकाशित: ५ जेठ २०८३ १४:०६ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast