बाघको आक्रमणबाट वन हेरालु घाइते

हिमाल प्रेस ५ जेठ २०८३ ७:२४ | Tuesday, May 19, 2026
2
SHARE
बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्। जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएका जानकारी दिए ।

‘घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ’, उनले भने, ‘वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।’ वन कार्यालयले लालझाडी जंगल क्षेत्रमा आवतजावत गर्दा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित: ५ जेठ २०८३ ७:२४ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast