प्रधानसेनापति र यूएईका राजदूतबीच भेटवार्ता

हिमाल प्रेस १७ माघ २०७९ १९:४८ | Tuesday, January 31, 2023
प्रधानसेनापति र यूएईका राजदूतबीच भेटवार्ता

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेट भएको हो। भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

 

प्रकाशित: १७ माघ २०७९ १९:४८ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast