चितवनमा जंगली च्याउ खाँदा दुईको मृत्यु

हिमाल प्रेस ३ जेठ २०८३ १३:५३ | Sunday, May 17, 2026
6
SHARES
चितवनमा जंगली च्याउ खाँदा दुईको मृत्यु

चितवन- चितवनमा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१, कुलबाङगका दुईजनाको मृत्यु भएको हो । नौ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार, जेठ १ गते नमुनाको मृत्यु भएको थियो । शनिबार ९जेठ २० राति उपचारका क्रममा सञ्जयको मृत्यु भएको हो ।

गएको वैशाख २९ गते श्यामबहादुर चेपाङ परिवारका पाँचजनाले जंगली च्याउ खाएका थिए । उनीहरूमध्ये बिरामी परेका तीनजनालाई जेठ १ गते उपचारका निम्ति भरतपुर अस्पतालमा ल्याइएको थियो । तीनमध्ये दुईजनाले ज्यान गुमाएका हुन् । १३ वर्षीया मनीता चेपाङको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । बिरामी मनीताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । रासस

 

प्रकाशित: ३ जेठ २०८३ १३:५३ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast