सुनचाँदीको मूल्य घट्यो

हिमाल प्रेस ३ जेठ २०८३ ११:१६ | Sunday, May 17, 2026
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ- बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा चार हजार रुपैयाँ र आइतबार चार हजार पाँच सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ९ हजार पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ३० रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ जेठ २०८३ ११:१६ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast