तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा

हिमाल प्रेस ३ जेठ २०८३ ८:४९ | Sunday, May 17, 2026
4
SHARES
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा

दाङ- दंगीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन्। स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए। हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उहाँहरूको योजना छ।

 

प्रकाशित: ३ जेठ २०८३ ८:४९ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast