बागमती प्रदेशसभाको चालु अन्त्य गर्न सिफारिस

हिमाल प्रेस १ जेठ २०८३ ५:५८ | Friday, May 15, 2026
6
SHARES
बागमती प्रदेशसभाको चालु अन्त्य गर्न सिफारिस बागमती प्रदेशसभा। फाइल तस्बिर।

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक आज जेठ १ गते राति १२:०० बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।

त्यसैगरी, सो बैठकले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई अब प्रदेशको राजधानी हेटौँडामा स्थानान्तरण गर्न स्वीकृत प्रदान गरेको छ।

सो बैठकले वातावरण संरक्षण ऐनलाई संशोधन गर्ने विधेयक र ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८’ संशोधन गर्न संसद्को समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तामाङले बताए।

प्रकाशित: १ जेठ २०८३ ५:५८ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast