जंगली च्याउको तरकारी खाँदा सिन्धुलीमा ३ परिवारका ६ जना बिरामी

हिमाल प्रेस ३१ वैशाख २०८३ ६:२४ | Thursday, May 14, 2026
4
SHARES
जंगली च्याउको तरकारी खाँदा सिन्धुलीमा ३ परिवारका ६ जना बिरामी

काठमाडौँ- सिन्धुलीमा जंगली च्याउको तरकारी खाँदा तीन परिवारका पाँच बालबालिकासहित ६ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मरिण गाउँपालिका-३ नक्कली भन्ने स्थानमा बस्ने सुजन विक, अर्जुन विक र रवी विकका परिवारका सदस्य च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बिरामी हुनेमा सुजन बिककी छोरी वर्ष १४ की संगिता सेन्चुरी, १६ वर्षीय छोरा मिलन सेन्चुरी, अर्जुन विककी छोरी ९ वर्षीया ऋतिका विक, अर्जुन विककी छोरी वर्ष १० की सुमित्रा विक, रवी विकका छोरा वर्ष ६ का कपिल विक र सोही ठाउँकी ७० वर्षीया हस्त माया विक विरामी परेका हुन्। च्याउको तरकारीका खाएर बिरामी भएकामध्ये हस्तमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

खानामा जंगली च्याउको तरकारी खाएर विद्यालय गएका बालबालिका बिरामी परेपछि घटना सार्वजनिक भएको हो। विद्यालयमै बालबालिका विरामी परेपछि शिक्षकहरुले उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पुर्याएका थिए। त्यसमध्ये गम्भीर अवस्थाका तीन जनालाई थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएको छ। बाँकी तीन जनाको कपिलाकोटमै उपचार भइरहेको छ।

संगीता, कपिल र हस्त मायालाई थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएको हो। उनीहरुमध्ये हस्तमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ ६:२४ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast