नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

हिमाल प्रेस ३० वैशाख २०८३ १६:१४ | Wednesday, May 13, 2026
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अंकले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अंकले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ। कुल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता सेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद बिक्री भएको छ।

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ।

यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो र सेञ्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन्। यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

प्रकाशित: ३० वैशाख २०८३ १६:१४ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast