अर्घाखाँचीमा बस दुर्घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस २९ वैशाख २०८३ १५:१० | Tuesday, May 12, 2026
18
SHARES
अर्घाखाँचीमा बस दुर्घटना,  दुई जनाको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको पाणिनी-८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए। उनका अनुसार दुर्घटनामा उद्धारकार्य चलिरहेको छ।

स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए। घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ।

प्रकाशित: २९ वैशाख २०८३ १५:१० | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast