सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ

हिमाल प्रेस २९ वैशाख २०८३ ११:३१ | Tuesday, May 12, 2026
18
SHARES
सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ

काठमाडौँ-  सुनचाँदीको भाउमा वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेको छ । मूल्यमा वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ हजार ६९५ रुपैयाँ पुगेको छ ।

मंगलबार कायम सुनको मूल्य करिब २ महिनायताकै उच्च हो । गएको चैत ४ मा सुन तोलाकै ३ लाख ७ हजार रुपैयाँमाथि थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालोमा थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४७१६ डलर छ भने चाँदी ८५ डलर छ । अघिल्लो दिनको तुलनामा सुन ५० डलरले घटेको छ भने चाँदी १ डलरभन्दा बढीले घटेको छ ।

प्रकाशित: २९ वैशाख २०८३ ११:३१ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast