काठमाडौँ- सुनचाँदीको भाउमा वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेको छ । मूल्यमा वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ हजार ६९५ रुपैयाँ पुगेको छ ।
मंगलबार कायम सुनको मूल्य करिब २ महिनायताकै उच्च हो । गएको चैत ४ मा सुन तोलाकै ३ लाख ७ हजार रुपैयाँमाथि थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालोमा थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४७१६ डलर छ भने चाँदी ८५ डलर छ । अघिल्लो दिनको तुलनामा सुन ५० डलरले घटेको छ भने चाँदी १ डलरभन्दा बढीले घटेको छ ।
प्रकाशित: २९ वैशाख २०८३ ११:३१ | Tuesday, May 12, 2026
प्रतिक्रिया



