काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रकाशित: २९ वैशाख २०८३ ७:४४ | Tuesday, May 12, 2026
प्रतिक्रिया



