एसईईको परीक्षाफल प्रकाशित

हिमाल प्रेस २८ वैशाख २०८३ २०:१६ | Monday, May 11, 2026
318
SHARES
एसईईको परीक्षाफल प्रकाशित

काठमाडौँ- २०८२ सालको एसईईको नतिजा साेमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले केही समयअघि नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। विद्यार्थीले परीक्षाको नतिजा अहिले ९ बजेबाट हेर्न सक्ने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

यस वर्षको एसईईमा देशभरबाट करिब ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो।

जीपीए १.६० देखि २ सम्म : सात विद्यार्थी
जीपीए २ देखि २.४० सम्म : पाँच हजार १९० विद्यार्थी
जीपीए २.४० देखि २.८० सम्म : ५५ हजार ९७७ विद्यार्थी
जीपीए २.८० देखि ३.२० सम्म : ९४ हजार २२ विद्यार्थी
जीपीए ३.२० देखि ३.६० सम्म : ८० हजार ३७२ विद्यार्थी
जीपीए ३.६०देखि ४ सम्म : ४८ हजार ३९२ विद्यार्थी

नन ग्रेडेड :  एक लाख ४६ हजार ५०७
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

बोर्डले तोकेको आधिकारिक वेबसाइटहरू जस्तै see.gov.npneb.gov.npsee.ntc.net.np लगायतबाट सिम्बोल नम्बर प्रविष्ट गरी नतिजा हेर्न सकिनेछ। SMS सेवा, IVR तथा मोबाइल एपमार्फत पनि परिणाम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो।

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए। यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो। सोहीअनुसार सोमबार नतिजा सार्वजनिक गरिएको हो।

प्रकाशित: २८ वैशाख २०८३ २०:१६ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast