धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

हिमाल प्रेस २७ वैशाख २०८३ ९:१२ | Sunday, May 10, 2026
6
SHARES
धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

जनकपुर- धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्। मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिकै पूर्व–पश्चिम सडक खण्डमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५२३७ नम्बरको बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जना मध्ये चालक सहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ वैशाख २०८३ ९:१२ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast