गैरकानुनी लिलामी कार्यमा संलग्न दुई पक्राउ

हिमाल प्रेस २६ वैशाख २०८३ ८:०४ | Saturday, May 9, 2026
14
SHARES
गैरकानुनी लिलामी कार्यमा संलग्न दुई पक्राउ सीआईबी

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सरकारी सम्पत्तिको गैरकानुनी लिलामी कार्यमा संलग्न थप दुईजनालाई पक्राउ गरेको छ । स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति बेइमानी पूर्वक लिलामी गर्ने प्रक्रियामा संलग्न थप दुईजनालाई ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगर (२) की पलिना श्रेष्ठ र पनौती नगरपालिका १२ का नरेन्द्र उलाक छन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्व सञ्चालक सर्वेश जोशीलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २६ वैशाख २०८३ ८:०४ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast