काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुईजना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। केन्द्रीय सदस्य बिना शाह र बसन्ती ज्ञवालीले अध्यक्षलाई सम्बोधन गर्दै छुट्टाछुट्टै पत्रमार्फत केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी शुक्रबार राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकिएको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।
प्रकाशित: २६ वैशाख २०८३ ६:१३ | Saturday, May 9, 2026
प्रतिक्रिया



