कोशी प्रदेशमा शिक्षकबीच विषयगत शिक्षण सिकाइ प्रतियोगिता हुने

हिमाल प्रेस २५ वैशाख २०८३ ११:०८ | Friday, May 8, 2026
22
SHARES
कोशी प्रदेशमा शिक्षकबीच विषयगत शिक्षण सिकाइ प्रतियोगिता हुने

धनकुटा- शिक्षा विकास निर्देशनालयले कोशी प्रदेशभर कार्यरत माध्यमिक तहका अनिवार्य विषयका शिक्षकहरूबीच प्रदेशस्तरीय विषयगत शिक्षण सिकाइ प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यसहित रणनीतिक पाठ योजना निर्माण कार्यक्रम अघि बढाइएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोख्रेलद्वारा जारी पत्रअनुसार माध्यमिक तहका अनिवार्य पाँच विषयका शिक्षकहरूले आवश्यक रणनीतिसहितको पाठ योजना तयार गर्नुपर्नेछ।

विषय विज्ञबाट मूल्यांकन गरिने उक्त पाठ योजनामध्ये उत्कृष्ट ठहरिएका शिक्षकहरूले आफ्नो विषयभित्रको कुनै एक पाठमा आधारित Power Point Presentation (PPT) तयार गरी विज्ञहरूसमक्ष प्रस्तुत गर्नुपर्नेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने शिक्षकहरूलाई पुरस्कृत गरिने जनाइएको छ। उत्कृष्ट रणनीतिक पाठ योजना र PPT लाई निर्देशनालयको वेबसाइटमार्फत सार्वजनिक गरी प्रदेशभरका शिक्षक तथा विद्यार्थीहरूले उपयोग गर्न सक्ने व्यवस्था गरिनेछ।

यस सम्बन्धमा कोशी प्रदेशका १४ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै २०८३ वैशाख १५ गतेभित्र तयार गरिएका पाठ योजना निर्देशनालयको इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरिएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ११:०८ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast