भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ भाषालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बिहीबार भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पालिका तथा सार्वजनिकस्थलमा सबैले देख्नेगरी नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ भाषामा सूचना वा बोर्ड राख्न निर्देशन दिए।
भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउँदै मुख्यमन्त्री बानियाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताए।
प्रकाशित: २५ वैशाख २०८३ ६:०१ | Friday, May 8, 2026
प्रतिक्रिया



