चोरीको मोटरसाइकलसहित एक पक्राउ

हिमाल प्रेस १७ माघ २०७९ ७:३८
2
SHARE
चोरीको मोटरसाइकलसहित एक पक्राउ सांकेतिक तस्बिर।

सिरहा- सिरहा मिर्चैया नगरपालिका –११ सीतापुर बस्ने विपिनकुमार साहको घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

स४ प ८९७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनुषा मिथिला नगरपालिका –२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ती किशरलाई मिथिला नगरपालिका –५ श्रीपुरबाट चोरी भएको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो।

किशोरबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित: १७ माघ २०७९ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =