घट्यो डलर, हेर्नुहोस् अन्य मुद्राको विनिमय दर?

हिमाल प्रेस २४ वैशाख २०८३ ६:१७ | Thursday, May 7, 2026
4
SHARES
घट्यो डलर, हेर्नुहोस् अन्य मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज भने घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थिया। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज घटेको हो। आज युरो १ को खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २० पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ४०० रुपैयाँ र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रकाशित: २४ वैशाख २०८३ ६:१७ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast