अमेरिकी डलर स्थिर, अन्य मुद्राको मूल्यमा पनि वृद्धि

हिमाल प्रेस २१ वैशाख २०८३ ६:१९ | Monday, May 4, 2026
4
SHARES
अमेरिकी डलर स्थिर, अन्य मुद्राको मूल्यमा पनि वृद्धि

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको विनिमयदर स्थिर छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत पाँच दिनदेखि कुबेती दिनारको विनिमयदर यही मूल्यमा स्थिर छ।

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रकाशित: २१ वैशाख २०८३ ६:१९ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast