कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
आगामी सोमबार बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुललाले बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।
प्रकाशित: १९ वैशाख २०८३ १९:०२ | Saturday, May 2, 2026
प्रतिक्रिया



