कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

हिमाल प्रेस १९ वैशाख २०८३ १९:०२ | Saturday, May 2, 2026
14
SHARES
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

आगामी सोमबार बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुललाले बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको बताइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।

प्रकाशित: १९ वैशाख २०८३ १९:०२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast