हेर्नुस् आजको राशिफल

हिमाल प्रेस १९ वैशाख २०८३ ६:३५ | Saturday, May 2, 2026
2
SHARE
हेर्नुस् आजको राशिफल

आज शनिबार, १९ वैशाख २०८३ ९२ मे २०२६०।

मेष : काम बिगार्नेहरू सक्रिय रहन सक्छन् र नियमित खर्च बढ्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित हुन्छ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मन्त्र( सपना देख्ने आँखा कमजोर हुँदैनन्।

मिथुन : विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम रोकिन सक्छन्। मन्त्र( दुवै पक्षको कुरा सुन्न अनि मात्र बोल।

कर्कट : स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। शुभकार्यमा सरिक भइनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। मन्त्र( फोकस बलियो, रिजल्ट नजिक।

सिंह : दुष्ट व्यक्तिको सङ्गतले अप्ठेरोमा परिएला। चोटपटकको भय छ। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। मन्त्र( म आफूमा विश्वास गर्छु।

कन्या : नयाँ जिम्मेवारी पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।

तुला : अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। मन्त्र( निरन्तरता नै मेरो शक्ति हो।

वृश्चिक : धार्मिक यात्राको योग छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। नजिकका व्यक्तिबाट आँटेको काम सफल हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मन्त्र( नयाँ सोचले नयाँ ढोका खोल्छ।

धनु : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

मकर : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। अधुरो कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कुम्भ : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। ताकेको नयाँ कार्यको योजना बन्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजग रहनु पर्नेछ।

मीन : नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा हुनेछ। मान सम्मान बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

प्रकाशित: १९ वैशाख २०८३ ६:३५ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast