साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस १८ वैशाख २०८३ १०:५९ | Friday, May 1, 2026
38
SHARES
साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) क्रान्ति ‘ज्ञ’ बाट सुरु हुने बताएका छन्।

बुद्ध जयन्तीको अवसरमा आज सम्पूर्णमा प्रज्ञामय शुभकामना दिँदै प्रधानमन्त्री शाहले साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुने बताएका हुन्।

उनले लेखेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।’

बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाह लेख्छन्,‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो। जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।’

प्रकाशित: १८ वैशाख २०८३ १०:५९ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast