अमेरिकी विशेष दूत काठमाडौँमा

हिमाल प्रेस १८ वैशाख २०८३ ५:५९ | Friday, May 1, 2026
18
SHARES
अमेरिकी विशेष दूत काठमाडौँमा

काठमाडौँ-  मित्र मुलुक अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका छन्। उनी भारतका लागि अमेरिकी राजदूत हुन् । उनलाई डोनाल्ड ट्रम्प नेतृत्व अमेरिकी सरकारले  दक्षिण र मध्य एसियाको विशेष दूतको जिम्मेवारी दिएको छ। त्यही जिम्मेवारी बहन गर्न उनी नेपाल आएका हुन्।

यतिबेला नेपालमा अमेरिकी राजदूत पनि छैनन। कार्यवाहक राजदूतको रुपमा स्कट अर्बम छन्। उनले राजदूत  डिन आर थम्पसन फर्कीएपछि नै कार्यवाहको जिम्मेवारी सम्हाली रहेका छन्। अमेरिकी परराष्ट्र सेवाका करिअर सदस्य रहेका अर्बर गत डिसेम्बरदेखि नै जिम्मेवारीमा छन्। नेपालमा अझै पनि राजदूत पठाउने प्रक्रिया अघि बढेकाे देखिदैन।

अर्बर सेवा निबृत्त कूटनीतिज्ञ हुन्। कूटनीतिक कार्यजीवनका क्रममा कराँचीस्थित महावाणिज्यदूतस भारत, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्स मामिला हेर्ने कार्यालयका निर्देशक र कोरियाली मामिला कार्यालयका उपनिर्देशक रहेका थिए। उनी यहाँ रहेको अवस्थामा गोर नेपाल आएका हुन।

अर्बरले ताइवानस्थित अमेरिकन इन्सटिचिउट का राजनीतिक उपप्रमुख र कोरियाली मामिला कार्यालयमा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया एकाइका प्रमुखका रूपमा पनि काम गरिसकेका भए पनि  उनी कार्यवाहक रहेकै कारण ट्रम्पका विश्वास पात्र मानिएका गोर दिल्लीबाट नेपाल आएका हुन्।

यो भ्रमणलाई कतिपयले अमेरिकी दिल्ली आँखा सक्रीय भएको भनाई पनि छ। किनकी नेपाललाई अमेरिकाले दिल्लीको आँखाबाट नियालेको भन्नेहरुलाई अमेरिकाले नेपालमा यति ठूलो दूतावास र राजदूत किन राखेको भन्ने गर्थ्यो । तर दिल्ली स्थित राजदूत नै विशेष दूत हुँदा यो प्रश्न उठेको हो।

यहाँ भएका कार्यवाहक नै निकै अब्बल र अनुभवी कूटनीतिज्ञ हुन्। परराष्ट्र मामिलासम्बन्धी भूमिकाहरूमा  अर्बरले बेइजिङ, ब्रिजटाउन र किएभमा पनि समय विताएका छन्। यस्ता कार्यवाहक भएको मुलुकमा किन दिल्लीको राजदूत आउन लागेको भन्ने प्रश्न सरकार भित्र उठेको थियो।

भ्रमणका क्रममा उनले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, सरकारका अन्य वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्व लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ।  तर गोरले प्रधानमन्त्री बालेनसँग भेट गर्न चाहेको र त्यो अनुरुप अनुरोध भएको पनि बताइएको छ। प्रधानमन्त्री बालेनले भने भेट दिने या नदिने भन्ने जानकारी दिइसकेका छैनन्।

प्रधानमन्त्री बालेनले आफू यतिबेला सुशासनसम्बन्धी काममा व्यस्त रहेको भन्दै विदेशी मुलुकबाट आउने मन्त्री वा त्यसभन्दा माथिल्ला अधिकारीहरूसँग मात्रै भेट गर्ने मानक स्थापित गर्ने पक्षमा जुटेका छन्। हुन त गोर ह्वाइट हाउसमा राष्ट्रपतिका सहयोगी मात्र नभै राष्ट्रपति कार्यालयका निर्देशक भइसकेका व्यक्ति हुन्।

उनी भारतमा राजदूत भएर आएपछि दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग उच्चस्तरीय भेट गरिसकेकाले पनि बालेनसँग भेट गर्न चाहेका हुन्। अमेरिकी पक्षले दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूरको भ्रमणमा पनि भेटका लागि जोड दिएका थिए। उनी  फर्किएको १० दिन नहुँदै गोर विहीबार साँझ काठमाडौँ ओर्लेका हुन्। उनी शनिबार साँझ दिल्ली फर्कनेछन्।

प्रकाशित: १८ वैशाख २०८३ ५:५९ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast