पेट्रोलको घटाउँदा निगमले बढायो एलपी ग्यासको मूल्य

हिमाल प्रेस १७ वैशाख २०८३ २३:३६ | Thursday, April 30, 2026
42
SHARES
पेट्रोलको घटाउँदा निगमले बढायो एलपी ग्यासको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोे छ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यबमोजिम निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।

निगमले जनाएअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि भएको छ। एलपी ग्यास (१४.२ केजी) को  २, १६० रुपैयाँ र ७.१ केजीको मूल्य १ हजार ८० कायम भएको छ।

पेट्रोल प्रतिलिटर दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात र अन्तर्राष्ट्रियतर्फ काठमाडौँतर्फ प्रतिलिटर ४६ रुपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभेन प्वान्ट’ मा बिक्री मूल्य कायम गरिएको छ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पाक्षिक रुपमा १ अर्ब ८१ करोड घाटा भइरहेको निगमले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २३:३६ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast