पेट्रोलको घटाउँदा निगमले बढायो एलपी ग्यासको मूल्य

हिमाल प्रेस १७ वैशाख २०८३ २३:३६ | Thursday, April 30, 2026
12
SHARES
पेट्रोलको घटाउँदा निगमले बढायो एलपी ग्यासको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोे छ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यबमोजिम निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।

निगमले जनाएअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि भएको छ। एलपी ग्यास (१४.२ केजी) को २ हजार १० रुपैयाँ र ७.१ केजीको मूल्य १ हजार ८० कायम भएको छ।

पेट्रोल प्रतिलिटर दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात र अन्तर्राष्ट्रियतर्फ काठमाडौँतर्फ प्रतिलिटर ४६ रुपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभेन प्वान्ट’ मा बिक्री मूल्य कायम गरिएको छ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पाक्षिक रुपमा १ अर्ब ८१ करोड घाटा भइरहेको निगमले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २३:३६ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast