चण्डेश्वरी माविले भन्याे- स्वागत सत्कार गर्न निस्कँदा माननीयज्यू निस्किसक्नु भएछ

हिमाल प्रेस १५ वैशाख २०८३ १५:२० | Tuesday, April 28, 2026
90
SHARES
चण्डेश्वरी माविले भन्याे- स्वागत सत्कार गर्न निस्कँदा माननीयज्यू निस्किसक्नु भएछ

काठमाडौँ- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले प्रतिनिधिसभा सदस्य (सांसद) विश्वराज पोखरेलसँग सम्बन्धित एक घटनाबारे विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ। मागपत्र तयार गरेर स्वागत सत्कार गर्न निस्कँदा सांसद पोखरेल निस्किसकेको विद्यालयको भनाइ छ।

विद्यालयले जनाएअनुसार वैशाख १० गते बिहान ९ बजे पूर्वनिर्धारित कार्यक्रमअनुसार सांसद पोखरेल विद्यालय निरीक्षणका लागि पुगेका थिए। सोही समयमा विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर विद्यालयका समस्या तथा मागसम्बन्धी पत्र तयार गर्न व्यस्त रहेका कारण पाेखरेल विद्यालय परिसरमा प्रवेश गरेको जानकारी समयमै प्राप्त हुन सकेन।

केही समयपछि मागपत्रसहित स्वागत सत्कारका लागि प्रधानाध्यापक कार्यालयबाट बाहिर निस्कँदा सांसद पोखरेल विद्यालयबाट बाहिरिइसेका थिए। त्यसपछि हतारिँदै विद्यालय टोलीले बाहिरी गेटमै उनलाई भेटेर स्वागत गर्दै मागपत्र पेस गरेको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार उक्त भेटपछि विद्यालयको कार्यालयमै विभिन्न विषयमा छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। तथापि प्रारम्भिक अवस्थामा भएको असहज परिस्थितिले सांसद पाेखरेलको मानमर्यादामा असर पर्न गएको हुन सक्ने भन्दै विद्यालय परिवारले पुनः क्षमायाचना गरेको छ।

विद्यालयले भविष्यमा यस्ता कमजोरी नदोहोरिने प्रतिबद्धता समेत जनाएको छ।

प्रधानाध्यापकले आफूलाई स्वागत तथा सम्मान नगरेको भन्ने सांसद पोखरेलको अभिव्यक्ति भाइरल भनेको थियो।

प्रकाशित: १५ वैशाख २०८३ १५:२० | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast