काठमाडौँ- फिल्म ‘बा : एक योद्धा’ को आगामी भदौ १९ गते बाट प्रदर्शनमा आउने भएको हो। हरि लम्सालको निर्देशित फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा आउन लागेको हो।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। फिल्ममा विपिन कार्की, अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिका छ। झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । वास्तविक जीवनका आमाछोरी रहेका उनीहरु चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन्।
यो सिनेमामा शिवराम श्रेष्ठको छायाकंन छ।
प्रकाशित: १५ वैशाख २०८३ १२:०६ | Tuesday, April 28, 2026
प्रतिक्रिया




