राष्ट्रपति पौडेलको परिकल्पनामा भानु साहित्य उद्यान बनाइँदै

हिमाल प्रेस १४ वैशाख २०८३ १९:३२ | Monday, April 27, 2026
14
SHARES
राष्ट्रपति पौडेलको परिकल्पनामा भानु साहित्य उद्यान बनाइँदै

तनहुँ- राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तरराष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ ‘भानु साहित्य उद्यान’ निर्माण सुरु गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा उद्यान निर्माण सुरु गरिएको हो। भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने उद्यान राष्ट्रपति पौडेलको विशेष परिकल्पना र पहलमा अगाडि बढेको हो। यो योजनाले नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने विश्वास लिइएको भानु नगरपालिका प्रमुख आनन्दाराज त्रिपाठीले बताए।

‘अघिल्लो पटक केही प्राविधिक अवरोध देखिए पनि यसपटक हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ,’ उनले भने।

नगर उपप्रमुख उमा गोतामेले सरकारले विनियोजन गरेको शहरी विकास मन्त्रालयले २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण हुने बताए। गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ भने क्रमैसँग सातै प्रदेशका प्रमुख साहित्यिक तथा धार्मिक एवं सांस्कृतिक सम्पदाका नमुना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको सालिक स्थापना गरिने योजना छ।

नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाएका आचार्यको नेपाली साहित्यमा अतुलनीय योगदान छ। रामायणलाई सरल नेपाली भाषामा लेखेर उनले घरघरमा पुर्‍याएका थिए। जसले छरिएर रहेका नेपालीलाई भाषिक सूत्रमा बाँध्ने काम गर्‍यो। उनको यही साहित्यिक योगदान र राष्ट्रिय एकताको जगलाई जीवन्त राख्न निर्माण गर्न लागिएको यस उद्यानले भावी पुस्ताका लागि अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ वैशाख २०८३ १९:३२ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast