उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ : २४ घण्टामा १०१ जना मापसे पक्राउ, रातो बत्ती उल्लंघन गर्ने १८० जना कारबाहीमा

हिमाल प्रेस १० वैशाख २०८३ ७:४१ | Thursday, April 23, 2026
2
SHARE
उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ : २४ घण्टामा १०१ जना मापसे पक्राउ, रातो बत्ती उल्लंघन गर्ने १८० जना कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकाका विभिन्न स्थानहरूमा व्यापक चेकजाँच सञ्चालन गरी उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लंघन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।

पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई अझ प्रभावकारी बनाएको र यसअन्तर्गत मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जनाएको छ ।

 

प्रकाशित: १० वैशाख २०८३ ७:४१ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast