काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाका लागि निर्णायक गोल युवा स्टार स्ट्राइकर लामिन यामलले गरे । पहिलो हाफको ४० औँ मिनेटमा भएको गोल नै निर्णाायक बनेको हो ।
बार्सिलोनाले ४० औँ मिनेटमा पाएको पेनाल्टीलाई लामिनले गोलमा परिणत गरेका हुन् । सेल्टा भिगोले पटकपटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । यो जितसँगै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।
प्रकाशित: १० वैशाख २०८३ ६:४५ | Thursday, April 23, 2026
प्रतिक्रिया



