संसदको अधिवेशन आह्वान

हिमाल प्रेस ९ वैशाख २०८३ १८:२५ | Wednesday, April 22, 2026
20
SHARES
संसदको अधिवेशन आह्वान फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेका हुन्।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलबाट दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

‘…नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिविशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो अधिवेशनमा प्रि–बजेट, बजेटलगायतका विषयमा छलफल हुनेछ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेस गर्नुपर्ने छ।

 

प्रकाशित: ९ वैशाख २०८३ १८:२५ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast