रेडबुल इटहरी गोल्डकप फुटबलको उपाधि गछियालाई

हिमाल प्रेस ८ वैशाख २०८३ ७:३६ | Tuesday, April 21, 2026
4
SHARES
रेडबुल इटहरी गोल्डकप फुटबलको उपाधि गछियालाई

सुनसरी- १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ। सोमबार इटहरीस्थित रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो।

खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले पाँच लाख नगदसहित ट्रफी प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डरतर्फ प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डरतर्फ प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षकतर्फ युवा समाज गछियाका प्रशिक्षक अर्जुन बस्नेतलाई जनही २० हजार पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका फागुराम थारूलाई २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीतर्फ युवा समाज गछियाका सुजन चौधरीलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहको सहभागिता थियो।

प्रकाशित: ८ वैशाख २०८३ ७:३६ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast