कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ मतदान

हिमाल प्रेस ७ वैशाख २०८३ १८:३८ | Monday, April 20, 2026
30
SHARES
कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ मतदान

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि यही वैशाख ११ गते मतदान हुने भएको छ। कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम जारी गरेको हो।

निर्वाचन कार्यक्रमअनुसार वैशाख ९ गते दिउँसो विधान तथा निर्वाचन निर्देशिकासम्बन्धी सांसदहरूसँग छलफल राखिएको छ। त्यसको भोलिपल्ट वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ।

वैशाख ११ गते बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। अपराह्न साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ।

त्यसपछि अपराह्न ४ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन समितिका संयोजक प्रकाश रसाईली स्नेहीले जनाएका छन्।

दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देवेलगायत आकांक्षी छन्।

 

प्रकाशित: ७ वैशाख २०८३ १८:३८ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast